आत्मनिर्भर पार्टी निर्माणको प्रस्न?

आर्थिक दृष्टि ले आत्मनिर्भर पार्टी कसरी बनाउन सकिन्छ?
कम्युनिस्ट पार्टीको लागि यो प्रश्न अहम् महत्त्व को प्रश्न हो।
यसको उचित समाधान विना पार्टी ले आफ्नो लक्ष प्राप्त गर्न सम्भव हुदैन।
आर्थिक रुपमा सबल एवम् सक्षम र आत्मनिर्भर पार्टी ले मात्र आफ्नो लक्ष प्राप्त गर्न शिखर चुम्न सक्छ,
कम्युनिस्ट पार्टीको मात्रै नभएर जुनसुकै पार्टी आर्थिक रुपले आत्मनिर्भर हुनु अनिवार्य हुन्छ।
यहाँ बुर्जुवा पार्टीको कुरा गर्न खोजिएको होइन,
उनिहरुका आर्थिक स्रोत हरु अनेक हुन सक्छन, अनेकन अपारदर्शी स्रोतको प्रयोग गरेर पार्टीका गतिविधि संचालन भएका कैयौं उदाहरणहरु हाम्रो सामु उजागर भएका छन।

आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ भनेर चर्चा गर्न खोजिएको आमूल परिवर्तनकारी कम्युनिस्ट पार्टीको हो,
विशेषतः नेपाल कम्युनिस्ट पार्टी (मसाल) को हो,
कुरा सोचिए जस्तो सजिलो छैन, पार्टी अरुको भरमा नपरेर आफ्नै बलबुतामा काम गर्न सक्षम बनाउने कार्य अत्यन्तै जटिल विषय हो, जटिल हो भनेर आर्थिक विषयलाई गम्भीरतापूर्वक नलिएर काम चल्नेवाला छैन, पार्टीका हरेक गतिविधि हरुको सफलता वा असफलता पार्टीको आर्थिक पक्ष कति सबल वा दुर्वल छन भन्ने कुरामा निर्भर हुन्छ।
जुनबेला सम्म पार्टीका सामान्य कामहरु निरन्तर चल्छन त्यतिबेलासम्म पार्टीको आयस्रोत को दायरा पनि सिमित र कमजोर भएर गतिविधिहरु चलिरहन मुस्किल हुदैन, जनता सँग सहयोग लिएर पनि सामान्य गतिविधि सुचारु हुन सक्छन्।
जब आन्दोलनले गति लिन थाल्छ, संगठनको आकार विस्तार हुन्छ जनसम्बन्ध त्रिव गतिले फैलिन्छ तब आर्थिक स्रोत को वृद्धि बढाउनुपर्ने आवस्यकता बढ्दै जान्छ,
आन्दोलन सुचारु रुपमा अगाडि लैजान को लागि आर्थिक स्रोतको ब्यवस्थापन सहिढंग ले गर्नुपर्ने आवस्यकता हुन्छ,
कम्युनिस्ट पार्टीका आर्थिक स्रोत हरु सिमित हुन्छन् ,
लेवी सदस्यता सुल्क र जनस्तरबाट प्राप्त चन्दा सहयोग कम्युनिस्ट पार्टीका आय आर्जनको स्रोत हरु हुन, पार्टीका लागि यी स्रोत हरु आन्दोलन लाई तिव्र गित दिनका लागि पर्याप्त हुदैनन् ।
चन्दा सहयोग पार्टी कार्यकर्ता मा मात्रै सिमित गरियो भने पनि त्यसलाई भरपर्दो स्रोतका रुपमा लिन सकिदैन,
सहयोग लाई मूलस्रोत मान्दा सहयोग का लागि अन्य पक्षसँग भर पर्नुपर्ने हुन जान्छ, अन्य पक्ष भन्नाले वर्ग वैरीहरुको समेत अन्तरनिर्भरता भन्ने हुन सक्छ, उनीहरुको अन्तर्निर्भरता ले संघर्षमा बाधाअड्चन सृजना हुन सक्छ,
चन्दा सहयोग को भरमा आर्थिक गतिविधि सिमित गरियो भने वर्ग वैरीका विरुद्धको संघर्ष शिथिल हुने सम्भावना रहन्छ, त्यसैले पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर गराउन कार्यकर्तालाई श्रमसँग जोडेर लैजान अति आवस्यक छ, कार्यकर्तालाई श्रमसँग जोड्नु भनेको पार्टीले उत्पादन का कार्य मा जोड दिनुपर्छ भनेको हो।

उत्पादनसँग सम्बन्धित कार्यहरु जस्तै ब्यापार व्यवसाय उद्योग र विभिन्न परियोजना हरु संचालन गर्दै पार्टीको आयस्रोत बढाउन प्रयत्न गर्नुपर्छ पार्टी ले कैयौंपटक आयआर्जनका कार्यहरू गर्दै आएको छ, तर पार्टीले अपनाएका आयआर्जन का कार्यहरू को इतिहास सुखद छैनन् ।
पार्टीले अगाडि सारेका आर्थिक योजनाहरु मूलरूपमा असफल हुने गरेका छन।

पार्टीले सारेका आर्थिक योजना हरु किन असफल भैरहेका छन?
गम्भीर रुपमा समिक्षा हुन अति आवश्यक छ,
त्यही योजना व्यक्ति ले जिम्मा लिने बित्तिकै सफल हुनुको पछाडि रहस्य के हो?
हाम्रा अगाडि कैयौं उदाहरण हरु छन,
पार्टीको स्वामित्व मा हुनेवेला सम्म घाटामा रहेको व्यवसाय व्यक्तीगत स्वामित्व मा जाने बित्तिकै नाफामा चल्न थाल्दछ, जबकि दुवै अवस्थामा संचालनको जिम्मा लिने व्यक्ति एउटै हुन्छ।
पार्टी ले सारेका आर्थिक योजनाहरु सफल नहुनुको मूल कारण पार्टीका नेता तथा कार्यकर्ता को आर्थिक दृष्टिकोण स्पष्ट नहुनु नै हो, त्यसप्रति को लगनशील साझा स्वामित्व प्रति को जिम्मेवारीपन को पहलकदमीको अभाव लाई पनि आय आर्जनका योजना हरु सफल नहुन को कारण मान्न सकिन्छ।

यो निर्विवाद विषय हो कि आमूल परिवर्तन को लक्ष लिएको पार्टी आर्थिक रुपमा सबल सक्षम र आत्मनिर्भर हुनुको विकल्प छैन।
आर्थिक विषय जटिल र गम्भीर हुन्छ भन्ने विषयमा पनि विवाद रहेन, तर आर्थिक समस्या कसरी समाधान गर्ने?
यो प्रश्न अति महत्त्वपूर्ण हो।
पार्टीको अस्तित्व र स्वतन्त्र पहिचानको लागि आत्मनिर्भर अर्थतन्त्र अनिवार्य हुन्छ।
पार्टीका नियमित र दीर्घकालीन कार्य सम्पन्न गर्नका लागि आम कार्यकर्ताले ´´आफ्नो पार्टी आफैंले चलाउनु पर्छ”” भन्ने सुत्र प्रयोग गर्नुपर्छ।
आफुले नदिनेले अरुलाई देउ भन्ने शाहस राख्दैनन् ,
त्यसको अलावा पार्टी ले बनाएका योजना हरु सफल नहुनुमा नेता तथा कार्यकर्ता को वर्ग आधार श्रमप्रति को नकारात्मक भावना अर्थ सम्बन्ध र आर्थिक आधार जस्ता फ्याक्टर हरुले काम गरेको हुन सक्छ।

अहिले को समाजमा जसरी भए पनि आर्थिक कमाउनु पर्छ भन्ने प्रवृत्ति हावी हुदै गइरहेको छ, बिना परिश्रम अर्थ उपार्जन गर्ने पक्ष हावी हुनु भनेको राम्रो पक्ष होइन, जुनसुकै तरिकाबाट पैसा कमाउने प्रवृत्तिलाई जायज र गौरवको विषय मान्नु श्रम गर्नेलाई हेय भावले हेर्नु भनेको अत्यन्तै हानिकारक प्रवृत्ति हुन।

कम्युनिस्ट नैतिकता ले पार्टी राज्य र सार्वजनिक सम्पत्ति मा कुनै पनि प्रकारको योगदान बिना बाच्नु भनेको अनैतिक कार्य हो, यहाँ तककी आफ्नै पैत्रिक सम्पत्ति मा पनि श्रम नगरि लिने कार्यलाई जायज मानिदैन।

त्यसैले अवैधानिक तरिकाबाट अर्थ उपार्जन को कार्यलाई सही मान्ने दृष्टिकोणलाई बदलेर श्रमलाई सम्मान गर्ने भावनाको विकास मा जोड दिनु आवस्यक छ, श्रममा भागलिनु भनेको आत्म सम्मानको विषय हो। पुँजिवादीहरुले शारीरिक श्रम गर्ने वर्गलाई अपमानित गर्दछन, श्रम गर्ने कार्यलाई निरुत्साहित गर्नु उनीहरू को कार्य हो, कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता हरुमा पनि यो प्रवृत्त छ।

अहिलेसम्म पार्टीको आर्थिक समस्या को हल लेवी सदस्यता सुल्क र जनस्तरबाट प्राप्त सहयोग बाट हुने गरेका छन।
पार्टी सदस्य र शुभचिन्तक हरुले पार्टीलाई निरन्तर आर्थिक तथा भौतिक सहयोग गरिरहेका हुन्छन् , यो पक्ष अत्यन्तै राम्रो र सकारात्मक कार्य हो, भविष्यमा पार्टीलाई अझ उच्च प्रकारको सहयोग गर्नुपर्ने पनि हुन सक्छ, जतिवेला सम्म समाजमा विभेद शोषण र दमन कायम रहन्छ त्यतिबेला सम्म पार्टीलाई सहयोग गर्न तयार रहनुपर्छ।
पार्टीले बनाएका आर्थिक योजना सफल पार्न भुमिका निर्बाह गर्नु सदस्य को कर्तव्य हो, तर लेवी सदस्यता सुल्क र जनस्तरबाट प्राप्त सहयोग को भरमा मात्र पार्टीका गतिविधि सीमित गरियो भने हाम्रो उद्य्यश्य र लक्षमा पुग्न सक्ने छैनौं।
दिनप्रतिदिन खर्चका स्रोतहरु बढ्दै गइरहेको अवस्था छ, सुचना र प्रविधिको विकास सँगै तिनीहरुको प्रयोग पार्टी हितको पक्षमा गर्नुपर्ने आवश्यकता बढेर गएको छ, जसका कारण पार्टीका आय आर्जनका स्रोतहरुको वृद्धि गर्नुपर्ने बाध्यता छ।

कम्युनिस्ट पार्टी ले आफ्नै योजना व्यवस्थापन र निर्देशनमा आर्थिक क्षेत्र को विकास गर्नुपर्दछ,
आर्थिक रुपले आत्मनिर्भर हुनका लागि उत्पादन शक्तिको विकास अनिवार्य हुन्छ,आर्थिक योजनाहरु स्थाई अस्थाई आन्तरिक बाह्य अल्पकालीन र दीर्घकालीन र चलायमान आदि हुन सक्छन् , लेवी सदस्यता बाट प्राप्त हुने आय नियमित र स्थायी स्रोत हुन, जनस्तरबाट प्राप्त हुने सहयोग अल्पकालीन र अस्थायी स्रोत हुन, उत्पादन शीत सम्बन्धित जस्तै व्यापार व्यवसाय उद्योग र अन्य परियोजनाहरु बाट प्राप्त हुने आमदानी दीर्घकालीन र भरपर्दा स्रोतहरु हुन, नियमित र आवधिक स्रोतलाई परिचालित गर्दै दीर्घकालीन प्रकृतिका स्रोतहरु व्यवस्थित गर्न जोडदिनु अहिले को आवस्यकता हो।
तबमात्र पार्टीलाई आत्मनिर्भर बनाउन सकिनेछ, पार्टी लाई आत्मनिर्भर बनाउन नेता तथा कार्यकर्ता ले मिहिनेत निष्ठा लगन समर्पण त्याग र बलिदानी पुर्ण भावनाले काम गर्नु अनिवार्य पर्छ।
अहिलेसम्म को अनुभव ले बताएको छकी स्पष्ट आर्थिक दृष्टिकोण को विकास भएको र आर्थिक अनुशासन कायम राख्न सक्ने, विभिन्न वैकल्पिक उपायहरू को खोजी गरि योजना बनाउने र कार्यान्वयन को लागि तदारुकता का साथ काम गर्न सक्ने क्षमता भएको र वैचारिक व्यवहारिक र प्राविधिक दक्षता भएको टिम तयार गरेर आर्थिक परिचालन र व्यवस्थापन को जिम्मा दिए मात्र पार्टी सक्षम सबल र आत्मनिर्भर हुन सक्छ।
पार्टी लाई आत्मनिर्भर बनाउन को लागि अर्को महत्त्वपूर्ण पक्ष आर्थिक प्रणाली चुस्त दुरुस्त राख्नु हो, आर्थिक व्यवस्थापन लाई चुस्त दूरुस्त राख्नको लागि आर्थिक कारोबार पारदर्शी वैज्ञानिक लेखा प्रणालीमा आधारित खर्च नियन्त्रणको उचित प्रबन्ध मिलाउनु पर्दछ, पार्टी भित्र उत्पादन र श्रम संस्कृति को विकासमा जोडदिनु पर्दछ, आज कम्युनिस्ट पार्टी मा आर्थिक दृष्टिकोण आर्थिक सम्बन्ध र श्रमप्रतिको दृष्टिकोण मा स्खलन आएको छ, स्खलित हुदै गएको दृष्टिकोणलाई पुनर्स्थापित गर्न पार्टी सदस्यहरु लाई प्रशिक्षित गर्न पनि उत्तिकै आवस्यक छ।

कम्युनिस्ट पार्टी मा सीमित स्रोत साधन को सिमाभित्र रहेर पार्टीका आवश्यकता पूरा गर्नुपर्ने बाध्यता हुन्छ, त्यसैमा पनि कहिलेकाही उपभोग र वितरण प्रणालीमा अनियमितता भएका गुनासा हरु पनि आउने गर्दछन, कतिपय अवस्थामा पार्टीको पैसा लुकाउने हिनामिना गर्ने प्राविधिक कारणले व्यक्तिको नाममा रहेको सम्पत्ति हड्पने, पार्टी ले संचालन गरेका पत्रिका पार्टीको निर्णय अनुसार गर्न अस्वीकार गर्ने र पार्टीको हित विपरीत प्रयोग गर्ने गरेका कटु अनुभव हाम्रा अगाडि छन,यस्ता कृयाकलाप ले पार्टीप्रति जनताको नकारात्मक धारणा बन्दै जाने खतरा हुन्छ, पार्टीको सम्पत्ति पार्टीको निर्णय र अनुमति विनाखर्च गर्ने परिपाटीलाई कडाईपुर्वक नियन्त्रण गर्न ढिलाइ गर्नु हुदैन, अर्थ उपार्जनका नाममा बिचौलिया बन्ने दलाली गर्ने तस्करी गर्ने हुने नहुने सबै काम गर्ने भनेको अनैतिक कार्य हो भन्ने ज्ञान हुन अति आवस्यक छ।

अन्त्य मा कम्युनिस्ट पार्टीले आफ्नै योजना व्यवस्थापन र निर्देशनमा आर्थिक क्षेत्र को विकास गर्नुपर्छ, पार्टी भित्र का सीमित स्रोतहरु लाईव्यवस्थित परिचालन गर्दै उत्पादन लाई पार्टीको अनिवार्य दीर्घकालीन स्रोतको रुपमा विकास गर्न ध्यान दिनु आवस्यक छ, चन्दा र सहयोग लाई पार्टीको मुख्य आयस्रोत को आधार मान्ने परिपाटीको अन्त्य हुनुपर्दछ,।
सबल र सक्षम पार्टी बनाउन कार्यकर्तालाई श्रमसँग जोड्ने र श्रम गर्नु भनेको गौरव र आत्मसम्मान को विषय हो भन्ने बोध गराउन अति आवस्यक देखिन्छ,
जसका कारण जनता ले कम्युनिस्ट पार्टीको सदस्य देख्ने बित्तिकै सम्मानको भावना जागृत हुन सकोस् ,
समाजका सच्चा सहयोगी र उच्च आदर्श नेताको रुपमा जनता ले ग्रहण गर्न सकुन।

सुदिप सर्मा,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation