बिद्याको पुनारागमनले झस्केका :ओलि

विशाल दर्लामी 

पछिल्लो साता ओलि र बिद्याको नोकझोकले नेपालीको राजनीति तात्यो,तातिरहेको छ।बिद्याको पुनारागमनले ओलि झस्केनन मात्र एउटा कठोर निर्णयमा पुर्याइदियो।जङ्गलमा सिंहले आफुलाइ राजा ठानेझै,ओलिले पनि आफुलाइ नयाँ राजाको अबतारमा जबर्जस्त उतारेका छन।पार्टी भित्र एकलौटी हैकम चलाइरहेका ओलिलाइ कसैले काउण्टर दिने कुरा त्यो उनका लागि ठुलै चुनौती बन्छ र त्यसलाइ उनले हर सम्भब साइड लगाइदिइ हाल्छन।
कोइ कसैले के पि ओलि सङ्ग पौठेजोरी गर्न खोज्छ भने उसलाइ कसरी सडकमा पुर्याइदिन्छन भन्ने पछिल्लो उदाहरण बिद्या भन्डारी बनेकी छिन।उनि फेरि राजनितिमा फर्कन हुदैन भन्ने धेरैको मत छ र त्यो सहि पनि छ।एउटा भनाइ छ, जिब्रोको गरिमा मीठो बोलिमा..हुन्छ भनेझै हामिकहा पदको गरिमा के हो ?भन्ने नै थाह भएन! रास्ट्रपति जस्तो सम्मानित पदमा त्यो पनि दुइपटक, (जो कोहिका लागि सम्भब) हुने कुरा होइन।देशको सर्वोच्च पदमा दुई कार्यकाल बिताए पछि फेरि राजनीतिमा फर्कने बिद्याको सोच,निर्णय बिल्कुल ठिक थिएन र छैन।अर्को कुरा बिद्या अब राजनीतिमा फर्केर उनले छुट्टै केही गर्छिन भन्नका लागि उनमा त्यस्तो कुनै खास दक्षता,खुबी देखिदैन।त्यसकारण केपि ओलिको सुझाब ठिक थियो।तर उनले त्यो सुझाबलाइ नमानेपछी ओलिले बलपूर्वक रोक लगाएका छन,यो सङ्गै बिवाद छताछुल्ल भएको छ।ओलिका अगाडी कसको के लाग्छर?
ओलि अहिले अधिनायकवादि घेरा पारगर्दै तानाशाह बन्ने कोशिश गर्दैछन।उनका अगाडी कसैले फरक मत राख्यो भने स्पस्टिकरण सोधी हाल्ने अनि आत्मसमर्पण गरेनभने निस्कासन गरिदिने यो खालको तानाशाह शैली बाट उनी चलिरहेका छन।उनको अधिनायकवाद खालि पार्टीभित्र मात्र होइन, देशमा नै लाद्ने प्रयास गरिरहेका छन।उनलाइ आफू माथि कोइ कसैबाट खतरा महसुस भयो भने त्यसको निर्मम प्रतिकार गर्छन।ब्यक्ती,पार्टीको कुरा छोडौ,बिगतमा प्रचण्डको रिसले दुइदुइ पटक प्रतिनिधि सभा नै विघटन गरिदिएका थिए,जुन कार्य असम्बैधानिक,अलोकतान्त्रिक थियो त्यसलाइ पछि अदालतले खारेज गरिदिएको थियो। महाधिवेशनले निर्णय गरेको उमेर हदलाई उनि एक्लैले खारेज गरिदिए, यस्ता कैयौं उदाहरण छन,ओलिको तानाशाह प्रवृत्ति बुझ्नका लागि।यहाँ अचम्मको कुरा के छ भने ओलिको यो प्रकारको तानाशाह प्रवृत्तिको विरुद्ध कोइ बोल्न सक्दैन,बोल्ने आट गर्दैनन।मानौ एमाले ओलिको निजि कम्पनी हो,त्यसको उनी सिइओ हुन।यस्तो प्रवृत्ति खाली ओलिमा मात्र होइन नेपालका समकालीन नेतृत्वमा रहेको छ त्यसको मात्रा कम बेसि मात्र हो।तर ओलि चाइ तानाशाह नै बन्दैछन भन्नेमा कुनै शन्देह छैन।
एमालेमा बिद्याको आगमन लाई यसरी पनि बुझ्न सकिन्छ,ओलिको तानाशाह प्रवृत्ति बाट थिलोथिलो परेका केही नेताहरु जो लाभको पद खोसिने वा सडकमै पुग्ने डरले ओलिको अगाडी बोल्न सक्दैनन,तिनिहरुले आफ्नो फेस सेभिङ्गको लागि बिद्यालाई उक्साएको पनि हुन सक्छन तर तिनिहरुले बुझिराखुन यस्ता मामलामा ओलि ३ स्टेप अगाडी छन मात्र होइन उनले त्यो कुरा पुष्टि गर्दिइसके।
जे होस बिद्याको यो एक्सन बाट उनले इनडाइरेक्टलि अनन्त कालसम्म पार्टीको नेतृत्वमा आफू रहिरहने कुराको ओपन गरिदिएका छन।
अन्तमा : बिद्या भन्डारी नैतिकताको हिसाबले पार्टीमा फर्कनु हुदैन त्यो कुरा ठिक छ,तर ओलिको तानाशाही अबतार देशका लागि झन बढी घातक छ।

(लेखक  बिशाल दर्लामी राष्ट्रिय जनमोर्चा पाल्पा जिल्ला अध्यक्ष हुनुहुन्छ )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation