डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच शिखर बैठक सम्पन्न

अगस्ट १५, २०२५ मा अलास्काको एंकोरेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शिखर बैठक सम्पन्न भयको छ।

ट्रम्पले वार्तालाई “अत्यन्तै फलदायी” भने पनि युक्रेन युद्ध रोक्ने ठोस सहमति भएन।

करिब तीन घण्टा लामो वार्तापछि दुबै नेताले केही विषयमा सहमति भएको जनाए तर युद्धविराम वा समाधानबारे ठोस निर्णय सार्वजनिक भएन।

पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक भनेका छन् र युक्रेनको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन्।

उनले युरोपेली मुलुकहरूलाई “उक्साउने प्रयास नगर्न” चेतावनी दिएका छन्।

दुवै नेताले संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे तर तत्कालिक प्रगति भने देखिएन।

नतिजा : वार्ता सकारात्मक भए पनि युक्रेन युद्ध समाधानतर्फ ठोस उपलब्धि हासिल भएन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation