कुवेतमा विषाक्त मदिरा सेवनबाट १२ नेपालीको मृत्यु, ३० भन्दा बढी अस्पतालमा उपचाररत

 

कुवेत – कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या बढ्दै गएको छ। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार आइतबारसम्म मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ भने करिब ३० जना विभिन्न अस्पतालमा उपचाररत छन्।

गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण एकैपटक १६० जनाभन्दा बढी बिरामी परेका थिए।

कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार यस घटनामा हालसम्म विभिन्न मुलुकका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएका छन्।

यो घटनापछि कुवेती अधिकारीहरूले विषाक्त मदिरा आपूर्ति गर्ने गिरोहको खोजी र नियन्त्रणमा कठोर कदम चालिरहेको बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation