साम्राज्यवादको चङ्गुलमा फस्यो देश

गणेश आचार्य
देश क्रमश साम्राज्यवादको क्रीडा स्थल बन्दैछ । काङ्ग्रेस , एमाले , माओवादी , राप्रपा र मधेसबादी दलहरु बहुदल स्थापना पछि पालैपालो सरकारमा हुदा थुप्रै राष्ट्रघात र जनघात भएका छ्न । तर कैयो देश हित र लोकतन्त्र का लागि एक ठाउँमा भएका इतिहासहरु पनि छ्न । २०७२ को संविधान जारी गर्ने बेला सबै दल एक ठाउँमा उभिएर जारी गरेको कारण भारतले नाकाबन्दी समेत गर्यो ।

पछिल्लो समय माओवादी र एमालेको एकतापछि जसरी केपि ओलि स्वच्छ्चारी र अधिनायकवादी बाटोमा हिडे त्यही बाट अहिलेको अवस्था सम्म देशलाइ पुराउने कामको थालनि भएको हो । यसमा माओवादी पनि त्यत्तिकै जिम्मेवार छ । काङ्ग्रेस सित गठबन्धन गरेर काङ्ग्रेस देशको ठुलो पार्टी बनेपछि उसैलाइ प्रधानमन्त्री बन्न दिन पर्ने थियोे । तर माओवादी अध्यक्ष प्रचण्ड पाच दलिय गठबन्धनका सम्पुर्ण सैद्धान्तिक कुरा छोडेर केपि ओलिबाट भिकको प्रधानमन्त्री लिएर आए ।

२०७९ को चुनाबमा चौथो शक्ति बनेको रास्वपालाइ एमाले – माओवादीले काखि च्यापेर देशको सबभन्दा ठुलो पार्टी लाइ एक्ल्याउने काम भयो । एकातर्फ पहिलो दोश्रो पार्टी मुख्य रोलमा नहुनु , प्रधानमन्त्री र गृहमन्त्री तेस्रो र चौथो दलको हुनु , जनताको ठुलो जनमत लिएका दल भुमिका बिहिन बन्नु । त्यसैको कारण पहिलो र दोश्रो दलका बिचमा सत्ता सहकार्य हुन पुग्यो । यो देशको लागि घातक थियोे ।
जब देशको पहिलो पार्टीको समर्थनमा ओलि प्रधानमन्त्री बने उनमा झनै उन्माद चढेको थियोे । यसको अर्थ अहिलेको परिस्थिति आउनुमा ओलि मात्र दोशि छ्न भन्ने हैन । मुख्य दोसि ओलि , प्रचण्ड र रबि नेतृत्वको पार्टी हुन र त्यसपछि बल्ल काङ्ग्रेस हो । अहिले अमेरीकन साम्राज्यवादले नेपालमा आफ्नो मान्छेलाइ नेतृत्वमा ल्याउन खोजिरहेको छ । कठपुतली सरकार बनाउन चाहान्छ । त्यसकोलागि प्रयत्न गरिरहेको छ । प्रयोग गर्न सक्दा सम्म सबै दललाइ प्रयोग गरेको हो । यो भन्दा बढि ति दलहरूलाइ प्रयोग गर्न गारो छ । किनकि यि सबै दल निश्चित बिचार , दर्सन र संरचनामा बाधिएका छ्न । एमसिसि कै कुरा गर्दा यि दलहरूलाइ एमसिसि पास गर्ने मन थिएन । यति नगर्नेहो भने साम्राज्यवादले हामीलाई बाइपास गरेर सत्तामा अरुलाइ पुराउछ भन्ने डरले एमसिसि पास गरे । अब साम्राज्यवादलाइ नया शक्तिको खाचो छ , जसलाइ सजिलै प्रयोग गर्न सकियोस । रबि लामिछानेको आसा थियोे , त्यो पार्टी पनि बदनाम भयो र त्यहा भएका अन्य सदस्यहरुको फरक बिचारका कारण त्यो सम्भब भएको छैन । अब रबिबाट साम्राज्यवादलाइ त्यो स्वार्थ पुरा गर्न गारो छ ।

अहिले जेनजि आन्दोलनका नाममा जसरी बारबारा फाउन्डेसन र बालेनलाइ अगाडि सारिदैछ । त्यो त्यहि मिसन पुरा गर्न हो । जसलाइ कसैले रोक्न नसक्ने र कुनै राजनीतिक आइडोलोजिले पनि नरोक्ने , दलबिहिन स्वतन्त्र मान्छेलाइ देशको कार्यकारी प्रमुखको रुपमा अगाडी बढाउने र युक्रेनको जस्तै हालत नेपाललाइ बनाउने धेयमा साम्राज्यवादीहरु लागेको कुरा अब कतै लुकेको कुरा छैन । चाहे अमेरीकन दूतावासको युथ काउन्सिल बनाउने कुरा वा स्कुल क्याम्पसमा बिद्यार्थी संगठन बनाउन नदिने कुरा । यि सबै त्यहि मिसन हो । के कर्मचारीमा भ्रष्टाचार छैन र ? किन नेतालाइ मात्र तार्गेट गरियो ? किन ब्युरोक्रेसिमा बसेर सेटिङ मिलाएर नेतालाइ २५% भ्रष्टाचार मा सामेल गरेर आफुले ७५% खानेलाइ कारबाही भएन ? किन अलि अलि भएपनि नेपालीलाइ रोजगार दिएका ब्यबसायिक प्रतिस्ठान जलाइयो ? किन बिश्वलाइ आक्रान्त पारेको अमेरीकि दूतावास लगायत बिदेशीहरुलाइ नै काम लगाइरहेका र बिदेशीहरुको लगानी भएका ठाउँमा आकर्मण भएन ? किन देशको पहिचानको रुपमा रहेको सिंह दरबार , सर्बोच्च अदालत र राष्ट्रपति कार्यालय जलाइयो ? यसैले देखाउछ देश अझै साम्राज्यवादको चङ्गुलमा फस्दैछ । देशको पहिचान मेटाउने र केहि न केहि भएपनि बैचारिक आदर्श भएका दलहरुलाइ समाप्त गर्ने धेयमा यिनिहरु लागेका छ्न । त्यसैले यो विषयमा मुख्य रुपमा युबाहरु सचेत हुनु पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation