रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गोलिया भ्रमणमा

एजेन्सी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गोलिया पुगेका छन्। राजधानी उलानबाटारमा सोमबार उनलाई भव्य स्वागत गरिएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आर्ईसीसी) ले गत वर्ष पक्राउ पुर्जी जारी गरेपछि पुटिनको आइसीसी सदस्य राष्ट्रमा भएको यो पहिलो भ्रमण हो।

पुटिनको यो भ्रमणलाई लिएर आइसिसी , किएभ, पश्चिमा र अधिकारवादी समूहहरूले आइसीसी निर्देशनको अवहेलनाको प्रदर्शनको रूपमा हेरिएको छ।

सन् २०२२ मा युक्रेनी सेनाले युक्रेनमा आक्रमण गरेयता युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको अभियोगमा हेगस्थित अदालतले रूसी नेताविरूद्ध पक्राउपूर्जी जारी गर्दै ‘सर्वाधिक खोजी’ को सूचिमा राखेको छ।

किएभले गत हप्ता मंगोलियाली अधिकारीहरूलाई पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गरेका थिए भने आइसिसीले अदालतले मागेकाहरूलाई हिरासतमा लिनु आफ्ना सबै सदस्यहरूको ‘दायित्व’ रहेको बताएको थियो।

क्रेमलिनले गत हप्ता पुटिनलाई पक्राउ गर्ने विषयमा रूसलाई कुनै ‘चासो’ नभएको बताएको थियो। रुस र चीनको बिचमा रहेको मंगोलिया सोभियत कालमा मस्कोको अधिपत्यमा थियो।

सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि नै उसले क्रेमलिन र बेइजिङ दुवैसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न खोजेको छ। मङ्गोलियाले युक्रेनमा रुसको आक्रमणको विरोध गरेको छैन र संयुक्त राष्ट्रसंघमा द्वन्द्वसम्बन्धी मतदानमा अनुपस्थित रहेको छ।

आईसीसीले सन् २०२३ को मार्चमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation