तीज पर्व र महिला मुक्ति आन्दोलनको प्रश्न

महिलाहरूको चाड तिज पर्वमा वर्षभरी आफुले भोगेका पिडाहरूलाई गीत र नृत्यको रूपमा एकअर्कासङ्ग सेयर गर्दै आएको यो सदियौँदेखिको परमपरा हो । तीज पर्व मनाउँने वर्त बस्ने एउटा धार्मिक परमपराको पाटो त छँदै छ । त्यो ठिक छ वा वेठिक छ, त्यसबारेमा छुट्टै छलफलको बिषय हो । हामीले मनाउँदै आएका मेलापर्वहरूको उत्थान र मनाउने कारणको खोज गर्नु पर्दछ ।
यहाँ धेरै वर्षदेखी तीज पर्वलाई मुख्य रूपमा दुई कोणबाट बुझ्ने बुझाउँने र ब्याख्या गर्ने परमपरा बसेको देखिन्छ । पहिलो पुँजिबादी कोण वा धार जसले यसलाई तडकभडकको रूपमा अगाडि सारेको छ । उनीहरूले गहना प्रदर्शन पोषाकको प्रदर्शन अङ्ग प्रदर्शन गर्दै आएका छन् ।
जसमा ठुला–ठुला होटेलहरूमा मनोरञ्जनको नाममा छाडा गीत नृत्य र मदिरा सेवन गरेर ऐयासीमा लिन भएर मनाउँने गरेका दृश्यहरू देख्न सुन्न सकिन्छ । कैयौं अन्य निम्न पुँजिवादी वर्गले पनि उनीहरू कै देखासिकी गर्दै आएका छन् ।
आर्को तिर प्रगतिसिल धार जसले यसको बिरूद्धमा तीजलाई महिला मुक्तिको रूपमा अगाडि सारेका हुन्छन् । उनीहरूको खास गरि श्रमजिवि बर्ग र महिलाहरूको मुक्ति कसरी हुन्छ । श्रमजिवि महिलाहरूले सिङ्गो महिलाहरूको हक, अधिकार र सुरक्षाको लागि संघर्षको प्रतिनिधित्व गर्दै आएको देखिन्छ ।
त्यो हिसाबले तीजलाई बर्गिय धरतलमा ठ्याक्कै उभ्याइदिएको छ । प्रगतिसिल पक्ष भनेको बर्गिय रूपमा महिलाहरूको आन्दोलनको उठान गर्नु हो । किनकी आज संसारभरिको समाजमा महिलाहरूको अबस्था चिन्ताजनक छ ।
आखिर महिलाहरू सुरक्षित कहाँ हुनसक्छन् नेपाल भारतमा त महिलाहरूको दुरदशा हामीले प्रत्यक्ष देखेकै छौँ । सांररिक मानसिक रूपमा पिडा खेप्दै आएका तमाम उधारणहरू हाम्रा अगाडि छन् । केहि दिन पहिले (अगस्त सन् २०२४को घटना भारतको कालकात्तामा डाक्टर मोमिता देवनाथ आरजीकर मेडिकल काँलेजमा दृतिय वर्षकी स्नातकोत्तर प्रशिक्षु (पीजीटी) डाक्टर, कालेज परिसरमा एउटा सेमिनार हालमा मृत फेलापरिन् । डिप्टीकै समयमा बलात्कार पछि अमानविय तरिकाबाट भएको हत्याबाट आक्रोशित डाकटरहरूको भारत व्यापि हड्ताल लामो समयसम्म चलिरह्यो । यो घटनाले संसारमै तहलका मच्चाइदियो । त्यो घट्ना जस्तै भारतमा त्यो घटना भन्दा पहिले पनि यस्ता कयौँ अनगिन्ति घटनाहरू भएका छन् । त्यसको जनस्तरबाट बिरोध हुन्छ संङ्घर्ष हुन्छ तर, घटना रोकिदैन । यहाँसम्म कि अपराधीहरूलाई कठोर सजाए हुन्छ तर, पनि असमाजिक तत्वहरूले लगातार घटनाहरू घटाइरहेका छन् ।
लगातार यस्ता घटनाहरू निर्धक्क हुँदै आएका छन् र आगामि दिनहरूमा यस्ता घटना फेरी नहोस् भनेर हामीले गर्ने कामना मात्र हो की रोक्ने प्रयास पनि कुनै स्तरबाट गर्छौं ? आम जनमानसको सवाल यहाँनिर छ । आखिर यस्तो हिंसक गतिबिधी हुनुमा कस्को दोश छ कतै महिलाहरू स्वयं पनि भागिदार त छैनन् ? यसबारेमा पनि बिस्तृत रूपमा अध्ययन र चिन्तन् गर्नुपर्ने देखिन्छ ।
एकातिर हामीले महिलाहरूको हकहितका लागि आवाज उठाएका हुन्छौँ । अर्को तिर उनै महिलाहरू सचेत हुनुको साटो छाडा व्यबहारमा तल्लिन् हुन्छन् । उस्तै नाच गानमा रमाउँन खोज्छन् तडक–भडक र अश्लिल हर्कत जो हिंसकको आधार हो, श्रोत हो । त्यो समस्या पनि हाम्रा अगाडि छ जो हामी आफैले सिर्जित गर्ने आधार बनाएका हुन्छौँ ।
अहिले महिलाहरूको साररिक मानसिक हिंसाले आकास छोएको अबस्थामा आम नागरिकहरूको एउटै प्रश्न हुन्छ । आखिर महिलाहरू सुरक्षित् कहाँ हुनसक्छन् ? पुरूषप्रधान समाजमा महिलाहरू आफ्नै आमाको कोखमा पनि असुरक्षित हुन्छन् । यो कुरा पनि एकदम सत्य हो । समाजमा जसलाई पनि बंशको नाममा छोरा चाहिन्छ, अनि छोरी कोखमा छ भने सयौँ पटक सोंच्छन् । यसलाई राखौँ की फ्याँकौँ ? स्वयं आमाले पनि छोराभए हुनेथ्यो भनेर बिन्ती गर्छिन् । पुजा गर्छन् बर्त बस्छन् तर छोरीको लागि समाजमा कुनै पनि चिन्तित् देखिदैनन् । छोराको चाहानामा सात आठ छोरीहरू जन्माएको देखिन्छ । अर्को बिहे गरेको देखिन्छ तर, छोरा दुईटा भयो भने ‘पिडिसिओ’ नसबन्दी गरिन्छ । यो तितो लागे पनि अहिलेको यही वास्तबिकता हो ।
कैयौं धर्मको नाममा पनि महिलालाई दास बनाउँने प्रयत्न भएको छ । त्यो धार्मिक परम्पराको बिरोध गर्दा उसलाई धर्म बिरोधी भनेर यही समाजले नास्तिक भनेर अपमान गरेको हुन्छ । यस्ता कयौँ हाम्रो समाजका सिकार भएकाछन् । खास गरेर महिला जुन देशको भए पनि कुनैन कुनै आधारमा पिडित छन् ।
प्रसिद्ध लेखिका तस्लिामा नरसिनलाई इस्लाम धर्मको बिरोध गरेको भनेर देश निकाला गरिएको थियो । उनले एउटा ‘लज्जा’ नामक पुस्तकमा इस्लाम धर्म अनुसार चार बिवाह गर्नुलाई पाप घोषित गरेकी थिइन् । उनलाई आफ्नो देश (बंग्लादेश) छोड्नु पर्यो । यो एउटा उदाहरणमात्र हो । दुनियाँमा यस्ता कैयौँ उदहारणहरू भेटिन्छन् । महिलाहरूले अढाई बर्ष भन्दा लामो समयबाट हक अधिकारका आन्दोलनहरू गर्दै आएकाछन् ।
हाम्रै समाजमा सतिपर्था, देउकी पर्था र बोक्सी पर्थामा थुप्रै महिलाहरूको ज्यान गएको इतिहास छ । छोराको छैँठी धुमधामसँग गर्ने चलन छ तर, छोरीको गरिंदैन । अहिले पनि छाउगोठमा कैयौँको ज्यान जानेगरेको छ । महिलाहरूको भबिष्य पुरूषहरूको दया र मायामा निर्भर देखिन्छ । सबैले त्यसो नगर्लान तर, परायजसोले छोरीको आबस्याकता नै ठान्दैनन् । यद्यपि छोरी बिना यो श्रृष्टी चल्दैन् । जुन छोरा उनीहरूले अन्माएका छन् त्यही छोरालाई पनि कसैकी छोरी नभै हुँदैन । यो सबैलाई थाहा छ, हाम्रो आमा कसैकी छोरी हुनुहुन्छ र आमा भएपछि हामी भयौं तर, पनि महिलाहरूको अबस्था पसुतुल्य देखिन्छ ।
महिलाहरूलाई उनीहरू आफैले पनि शोषण गरेका हुन्छन्, अपमान गरेका हुन्छन् । साँच्चै भन्दा छोरा नजन्माउँदासम्म उनीहरूको घर अस्थायी नै हुन्छ । यो पुरूषप्रधान समाजको पराकाष्ट हो । महिलाहरू सामान विक्रिका लागि ब्राण्डित बनाइयो । शहर बजारमा ब्यस्यालय खोलियो । महिलाहरूलाई देह व्यापारमा धकेलियो । उनीहरूले देह व्यापारबाट कमाएको पनि पुरूषहरूले खोसेका हुन्छन् । यहाँ भन्दा सर्मनाक कार्य के होला ? टाडा जानु पर्दैन भारतको राजधानी दिल्लीको जिवि रोड, मुम्बै, कलकत्ताको सोनागाच्छी, मेरठको कबाडि बजार लगायतका ठाउँहरूमा यो खुल्ला रुपमा कारोबार भएको देख्न सकिन्छ । यी वेस्यालयहरूमा नेपाली महिलाहरूको सत्य पनि कम छैन । नेपाली युवाहरू दलालको रूपमा अहिले पनि भेट्न सकिन्छ ।
यसरी भोक बिलासको साधनको रूपमा वा जड सम्पतीको रूपमा महिलाहरूलाई बुझ्ने परम्परा बन्यो । उनीहरूलाई पुरूषको आश्रितमा बस्न बाध्य बनाइयो । यावत बिषयले महिलाहरूमाथि अमानबिय व्यबहार गर्ने आधार तैयार पारेका छन् । महिलाहरूलाई सम्पतीबाट वंचित गर्नु नै उनीहरूमा गरिएको अपमान जनक व्यबहार हो । त्यसैको परिणाम उनीहरू सदियौँदेखि पुरूषको अधिनमा छन् ।
अहिले फेरी दिल्लीको एउटा घटनाले संसारभरिका मानव बादीहरूलाई फेरी अर्को पटक झकझकाएको छ । यो पहिलो घटना त होइन, यस्तै प्रकारका थुप्रै घटनाहरू बिगतका केही वर्षयता घट्दै आएका छन् । जसले महिला संसारलाई नै सर्मसार बनाइ दिएको छ । जस्तो नेपालमा एउटी १३वर्षिय निर्मला पन्तको साउँन १०गते २०७५ मा घटना घट्यो । उक्त घट्नाका दोषीहरू अहिले पनि आजाद घुमेका छन् । उनीहरूलाई कार्वाही हुन नसक्नुले यसता अपराधीहरूको हिम्मत बढ्ने गर्दछ । हाम्रो छिमेकी मुलुक भारतमा घटेका यस्तै घट्नामा दोषीहरूलाई सार्वजनिक गरेर फाँसीमा झुण्डाएको उदाहरण पनि छ । यस्तै घट्नाले त्यहाँको कानुन समेत संशोधन गराएर दोषीहरूलाई फाँशी दिएको थियो । तर, त्यही ठाउँमा नेपाली महिला भएको घटनालाई हाइकोटले दिएको मृत्युदण्डलाई सुप्रिमकोर्टले रोक लगाएर पक्षपात गरेको पनि छर्लङ्ग छ । यसले के बुझाउँछ भने शक्तिसाली बर्गले नियम कानुन सबैलाई आफ्नो मुठ्ठिमा राख्न सक्छन् । जो गरिब हुन्छ ऊ सधै पिडित हुन्छ र उसको शक्ति भनेको बर्गिय आन्दोलन नै हो । जति बलियो आन्दोलन हुन्छ उत्ती उसले न्याय पाउँने आधार हुन्छ ।
यहाँ केही घटनालाई उधारणको रूपमा राख्दा असान्द्रभिक नहोला भन्ने मनसायले भारतमा घटेका यी दुइटा एकैनासका घटना राखिएको छ । जो एउटा भारतिय चेली माथिको हो भने अर्को नेपाली चेली माथि घटेको घटना हो । पहिलो घटना दिल्लीमा एउटी निर्भय हत्याकाण्ड सन् २०१२ दिसम्बर १६ मा दिल्लीको एउटा गुडिरहेको बसमा गैङ्गरेप भयो । घटना यती दर्दनाक र अमानविय थियो सुन्दैमा मानिस भित्र खौफ सिर्जित हुन्छ । पैरा मैडिकल छात्रा आफ्नै साथिसँग राती सिनेमा हेरेर घर फर्किने कर्ममा बसभित्र बसको ड्राइबर सहित ६ जनाले लगातार दुष्क्रम गरे । बिरोध गर्दा गुप्तांगमा फलामको रड हाले अर्धमृत अबस्थामा बसबाट दुबैजनालाई बाहिर फ्याँके । यो घटनामा एउटा नाबालिक थियो । ड्राइबर रामसिंहले पछि ट्राइलाको द्वौरान आत्महत्या गर्यो । बाँकी चारजनालाई २० मार्च २०२० बिहान ५ः३बजे फाँसीमा झुण्डाएर मारियो ।
यस्तै खालको सेम अर्को घटना हरियाणाको रोहतकमा घट्यो । त्यो घटनामा नेपाली महिला परिन् । उनी २८वर्षिय मानसिक अस्वास्थ महिला आफ्नै दिदी भिनाजु कहाँ आफ्नो स्वास्थ्य उपचार गराउँन गएकि थिइन् । १ फरवरी सन् २०१५ को उनी घरबाट हराइन् र ४ फरवरीमा नाङ्गो अबस्थामा उनको सब भेटियो । उनलाई पनि सात जनाले अपहरण गरेर बलात्कार गरेको र अमानविय तरिकाले उनको हत्या भएको थियो ।
मूल प्रवाह लगायातका भारतस्थित संगठनहरूको जोडदार प्रदर्शन र लामो सङ्घर्ष पछि त्यहाँको अदालत (फष्ट ट्रैक कोर्टकी) महिला जज सिमा सिंहलले उनीहरूलाई फाँसीको सजाय सुनाइन । एकजनाले आत्माहत्या गर्यो । एकजना नेपाली नाबालिग थियो । बाँकी चार जनालाई पंजाब हरियाणा हाइकोर्टले पनि फाँसीमा मोहोर लगायो तर, पैसाको बलमा केस सुप्रिम कोटमा पुग्यो जहाँको कोर्टले मृत्युदण्डलाई अन्तरिम रोक लगायो ।
त्यहाँ त्यो केस चल्यो । यसरी यो एउटा उदाहरणले पनि के बुझाउँछ भने यदी पैसा राजनीति शक्तिको साथ पाएपछि अपराधीहरू उम्किन सक्छन् । उस्तै घटनामा अपराधीहरू सुलिमा चडे भने अर्को उस्तै घटनामा जोगाईए । यसले के पुष्टी गर्छ भने कुनै पनि घटना अचेल बर्गिय बनेको हुन्छ र गरिबहरूसँग आर्थिक वा राजनैतिक पावर नहुँदा उनीहरूले न्याय पाउँन सक्दैनन् । हाम्रो देशका महिला वा पुरूषहरू अर्काको देशमा त असुरक्षित छौँ नै आफ्नै देशभित्र पनि न्याय पाउँन सकिरहेका छैनौँ । यस्तो अपमानजनक अबस्थामा हामी फेरी पनि समँबेदनसिल बन्न सक्दैनौँ । मनोरन्जनको नाउँमा छाडापनको प्रदर्श गर्छौं । उनै अस्लिल् गीत र नृत्यमा रमाउँछौँ । त्यसैले हाम्रो देशको विकाशको सट्टा बिनास हुँदैआएको प्रष्टैछ ।
यस्तो महिलाहरू माथिको अमानविय व्यवहार हुँदाहुँदै पनि तिज पर्वको नाममा छाडा गीत नृत्य र अङ्ग प्रदर्शन गरेर झन् आफ्नै उटहास आफै गरिरहेका हुन्छन् । तिज पर्वलाई प्रगतिशिल रूपमा महिलाहरूको हक अधिकारको लागि आवाज उठाउने माध्यम बनाउँन पर्ने आवश्यकता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation