हामी कता जादैछौ?

मेघराज भट्टराई
नेपाली राजनीतिमा न राजनीति नै छ न राजनीतिको मूल्य मान्यता नै छ। यहाँ त केवल ब्यक्ती केन्द्रित पदको लुछाचुडी बाहेक अरु केही छैन। हामीले चर्का उग्र कुरा गरेर नारा त खुबै लगायौ। क्रान्ति भनेर कहिलै थाकेनौ तर क्रान्तिकारी कम्मुनिस्ट पार्टी त के पुजिवादि बुर्जुवा प्रजातंत्रको नजिक पनि हामी रहेनौ। हरेक चिजको मुल्य मान्यता हुन्छन। “भनिंछ चोरको पनी इमान हुन्छ”।

तर हाम्रो देशमा त कुनै “इथिक्स” नै छैन।बौद्धिक बर्ग हौ भन्छ बिबेक प्रयोग गर्दैन। नागरिक समाज भन्छ राजनीतिक पार्टीको झोले हुन्छ। पार्टीको भागबंडा बाट पद किनेर राजदुत हुने,न्यायधिस हुने हामी देश र जनताको लागि कसरी काम गर्ने? हिजो जहानिया राणा शासनको बिरूद्धमा आन्दोलन भयो। आन्दोलनलाई सम्झौतामा लगेर टुँग्याइयो?
हाम्रो देशमा बिदेशी खेल्न तेही बाट सुरु भयो। कोदारी राजमार्ग,भृकुटी कागज कारखाना, बिरगंज कृषि औजार कारखाना, बासबारी छालाजुत्ता कारखाना ,ट्रली बस, तमाम सरकारी असपत्ताल, महेन्द्र राजमार्ग, कुलेखानी जलबिध्युत आयोजना, नेपाल वायुसेवा निगम, खोल्ने क्रान्तिकारी कि तेसमा गलत राजनीति गर्ने ति सम्पूर्ण ३००० उध्योग बन्द गराउने क्रान्तिकारी? यही हो त राजनीतिको मुल्यमान्यता नैतीकता जिम्मेवारि? यही हो त हामीले देश लाई दिनु पर्ने ठीक कार्यदिशा? आज ८०लाख नेपाली बैदेशिक रोजगारिको नाममा छन। उनलाई देश भित्र ल्याउन हामीले कुन भूमिका खेल्यौ? हामीले यहाँ भएका सम्पूर्ण उध्योग धन्दा रोजगारी खोसेर निस्चित ब्यक्तिको झोलामा भर्ने र तेही बाट आएको पैसाले देश लुट्ने काम बाहेक के गर्यौ ? क्युबाको पुर्व राष्ट्रपती फिडेलक्यास्ट्रोले भनेका छन “कि समाजवाद रोज कि मृत्‍यु”। उनको भनाइको मतलब के हो? गम्भिर्ता पुर्वक सोच्यौ? “कि उत्पादन बढाउ राष्ट्रलाई आत्मनिर्भर बनाउ नत्र बिदेशिको थिचोमिचो लाई स्विकार” हामीले कहिलै आफ्नै देशको उत्पादनलाई महत्व दियौ?

 

आफ्नै घर भित्र ३टी बुहारी छन उसले आफ्नै बुहारी माथि न्याय गर्न सकेन। तपाईंलाई के लाग्छ उसले देश र जनता सँग न्याय गर्न सक्छ? जसले आफ्नै घर मिलाउन सकेन कान्छी बुहारीलाई काखी च्याप्यो जेठि र माइलीलाई सजाय दियो उसै बाट हामीले यो देशको न्याय समानता खोज्ने हामी नेपाली जनता मुर्ख होइनौ? के आज क्रान्तिको नाममा जे गर्दा पनि हुने हो? आफ्नो भाई आफ्नो श्रीमती छोरी छोरो बुहारी ज्वाँई जेठान सालो सम्धी नालनातालाई सत्ताको स्वाद गराउन नेपाली जनताको सहादत भएको थियो? खै सहिद परिवार बाट खै पिछडिएका बर्ग बाट खै बिभेदमा परेका जनताको प्रतिनिधित्व? कि नेताले जे भन्यो तेही समाजवाद हुने हो? गणतन्त्र हुने हो? नेपालमा भएका उध्योगले नेपाली जनताको रोजगारी हुन्थ्यो किन बन्द गराइयो हामीले जवाफ खोज्ने कि नखोज्ने? एउटा कारखाना खुल्यो भने त्यो सँग सयौ हजारौ नागरिक जोडीन्छ त्यो कारखानाको क्षेमता माथि भर पर्ने कुरा हो। उदाहरणको लागि भृकुटी कागज कारखाना सँग त्यहाँ काम गर्ने मजदुर मात्र जोडीएका थिएनन। त्यो कारखानाको लागि कच्चा पदार्थ उत्पादन गर्ने नागरिक किसान पनि जोडीएका थिए। आज हामी कोही काङ्रेस भए हौला कम्मुनिस्ट पनि भए हौला तर नेपाली किन हुन सकेनौ? परिवर्तन भनेको परनिर्भर हुनु हो? हिजो पंच्यायतले खोलेका उध्योग बन्द गराउनुको कारण हामी क्रान्तिकारी भएर होइन हामी बिदेशिको दास भएर नै हो। यहाँका उध्योग बन्द भये पछी भारतीय बजार भित्रियो। यसैको परिणाम हामी बीदेशिनु पर्‍यो।

 

२०४६सालको आन्दोलनको पृष्‍ठभुमीलाई अध्यन गरौ इमान्दारिताको साथ छातीमा हात राखेर भनौ। के हामीले नाकाबन्दीलाई समर्थन गरेका थियनौ? जब त्यो नाकाबन्दी ठीक थियो भने २०७२सालको नाकाबन्दी किन बेठिक? जब राष्ट्र माथि बैदेशिक हमला हुन्छ त्यो बेला हामीले देश भित्रको दुश्मन शक्ती सँग पनि कार्यगत एकता गर्नु पर्ने होइन र? हामीले त भारतलाई समर्थन गर्यौ अब हामी कसरी नेपाली भयौ? यो कुरा गर्दा मलाई प्रतिगामी भन्ने होलान। तर नेपाल देश एसियाको पुरानो देश हो यो देशको ईतिहास गौरवसाली छ तर आज यसलाई समाप्त पार्ने उद्यस्यले प्रदा पछी थुप्रै शक्ती लागेका छन तेसैले मदन भण्डारी मारे बिरेन्द्रको बंस नाश गरे। हामीले देखे कै छौ त। आज आफ्नो सत्ताको कुर्सी हल्लिन लाग्यो भने राष्ट्रवादी हुने नत्र राष्ट्रघाती सम्झौता सन्धि गर्ने साँढेहरु यही छन त । के हामीले भुले कै हौ? २००७सालले कोशी गयो १५सालले गण्डकी गयो २०४६सालले महाकाली गयो अझै के के जान बाँकी छन हेर्दै जाउ। अब हरेक नाकामा नेपाली माथि हमला हुने छ मारिने छन गोवामा हरियाणामा यसको घटना सुरु भयो पनि भर्खरै गोवामा हप्ता दिन भित्र २जना नेपाली नागरिक माथि गोली हानी हत्या भएकोछ। राज्यसत्ता पाउनु ठुलो कुरा होइन राज्य सत्तालाई कुसाल्ता पुर्वक संचालन गर्नु मुख्य कुरा हो। हामीले नाकाबन्दिको ओलिको अडानलाई साथ सहयोग गर्यौ तर भित्री कुरा बाहिर आएन। नक्सा प्रकरणमा पनि समर्थन गर्यौ। हामीले आफ्नो धर्म त निभायौ त्यो थियो राष्ट्रिय धर्म। तर के प्रधानमन्त्रीले आफ्नो धर्म निभाउनु भयो? बार्ता छलफल कुट्नितिक कार्यक्षेमता खै? “काम कुरो एकातिर कुम्लो बोकी ठिमी थिर”

चाइना सँगको पार्वहन सम्झौता कहाँ गयो? किन खासा रसुवागढिको नाका खोलेनन? आज दुई बर्ष भित्र बेदूराम भुशाल देखी घनश्याम भुशाल र हाल रामनाथ अधिकारी कृषिमन्त्री हुनु हुन्छ किसानको अवस्था के भैरहेकोछ? धान पहेली सक्यो अब मलको कुनै काम छैन तर बङलादेश सँग पैचो माग्नु हुन्छ लाज छैन? के हाम्रो संस्कार जस्तै बंगालीहरुको संस्कार पनि पैचो दिने छ? देशको बेइजत किन गर्नु हुन्छ? के प्रचन्ड जि को घरबेटि भन्दा अरु योग्य ब्यक्तीलाई मल ल्याउने जिम्मा दिन मिल्दैन? अब ति किसान जसले रिन काढेर खेती गरेका छन तिनको हबिगती केहुने? उखु किसानले अहिले सम्म भुक्तानी पाएनन।

 

अब बजारमा चिनिको हाहाकार सुरु गरेका छन माफियाहरुले उध्योगमन्त्रीलाई बालमतलब? दैनिक बैदेशिक रोजगारिमा गएका ब्यक्ती माथि लुट मच्चिएको छ। प्रयटन मन्त्रीलाई कमिसन आएकोछ अरु जाउन मरुन के स्वाद? के यही हो लोकतान्त्रिक गणतन्त्र? यही यस्तैलाई हामीले परिवर्तन मान्ने हो भने उपलब्धी मान्ने हो भने हामीलाई चाहिएन यो लोकतन्त्र यो गणतन्त्र। यो लुटतन्त्र फिर्ता लैजाउ। बरु हामी आफ्नै बलबुतामा नयाजनवादी ब्यबस्था ल्याउला समय लाग्न सक्छ तर यो भ्रस्टिकरणलाई सहने तागत अब छैन। ६०%अर्थ कर्मचारी नेताहरुको ब्यबस्थापन मै सकिन्छ। २५% सुरक्षामा जान्छ १५% मा १०% चुहावाट हुन्छ ५% ले कसरी हुन्छ बिकास? यो संघियता यो लुटतन्त्र यो बिहारी गणतन्त्र बिहार तिरै पठाइदेउ। दुई दुई ठाउँ बाट जनताले हराएका ब्यक्तीलाई प्रधानमन्त्री बनाउने मन्त्री बनाउने सन्सद बनाउने यो ब्यबस्था गरीब जनताको लागि त हुँदै होइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation