महाभारत युद्ध र नेपालको राजनीति

 

ढुण्डिराज शर्मा

अहोवत महात्पापं कर्तुव्यवसिता वयम।
यद्राज्यसुखलोभेन हन्तु स्वजनमुद्यताः॥४४॥

सत्ता र शक्तिको खेलमा खतरा ऊत्पन्न हुने डरले मथुरा राज्यका राजा कंशले आफ्नै बैनी ज्वाई देवकी र वासुदेवको सबै परिवारलाई जेल हाले ।श्रीकृष्णको जन्म जेल मै भयो।पछि श्रीकृष्णले आफ्नै मामा कंशको बध गरेका थिए।ऊता धृतराष्ट्रले विधवा महीला गान्धारीलाई छक्काएर आफुसंग बिबाह गराएको भनी बदला स्वरूप संपूर्ण शसुराली परीवारलाई जेल हाली दिए भने सकुनी वाहेक अरू संपूर्ण परीवार खान नपाईकन जेलमै मृत्यु बरण गरे।सकुनी आफ्नो सकल परीवार जेलमै मर्नुपरेकोमा बदला लिन चाहान्थे।सकुनीले अॅाफुलाई पाण्डवहरूको बिरूद्धमा देखाएर मामा कौरवहरूको बिनास गर्न चाहान्थे।ऊनी पानी माथि ओबानो बन्दै भित्रभित्रै षडयन्त्र गर्थेतर दुबै पक्ष संग तालमेल मिलाउन खप्पीस थिए।गृहयुद्ध हुनु अगाडि सकुनीले दुर्योधनको ईसारामा रहेर पाण्डवहरूलाई सिद्धाउन अनेक प्रपंच, जालझेल, षडयन्त्रहरू गरे। सकुनीले भीमलाई बीष ख्वाएर मार्ने षडयन्त्र गरे त्यो असफल भए पछि पाण्डबहरू बस्ने लक्षागृहमा आगजनी गरी जलाएर मार्ने प्रपंच पनि विदुरले थाहा पाएर असफल पारिदिए।आगजनीमा परी कुन्ती जलेर खरानी भईन।त्यस पछि सकुनीले कौरव र पाण्डवको बीच कौडा (पासा)खेल्ाऊने प्रपंच रचे र ऊक्साउन थाले।जुवा खेल्ने सहमति भयो। पाण्डवहरू सर्बस्व हारे।द्रौपदीलाई निर्बस्त्र पारी घोर अपमान गरियो।पाण्डवहरू १३ बर्षको लागी बनवास जानु पर्यो।पाण्डवहरू बनवासबाट फर्के पछि ऊनीहरूले धृतराष्ट्र र दुर्योधनसंग आफ्नो गुमेको राज्य फिर्ता मागे।बादविबाद बढ्दै जॅादा कृष्णले सम्भाबित युद्ध रोक्नको लागी दुर्योधनसंग कमसेकम पॅाच गॅाव दिएर भए पनि मिलाऊन आग्रह सहित प्रस्ताव राखे तर दुष्ट दुर्योधनले सियोको टुप्पो सम्म राख्ने ठाऊ नदिने घोषणा गरे पछि बिबादले झन ऊग्र रूप लिदै गयो भनेअन्य थुप्रै कारणहरू बनेजस्ले युद्धको लागी बाताबरण बन्दै गयो।स्वयंवरको वेला द्रौपदीले कर्णको घोर अपमान गर्ेकोमा बदला लिन अवसरको खोजिमा थिए भने दुर्योधनको पनि द्रौपदीले ॲाफुलाई गरेको दुर्बाच्यरूपी बॅाण मुटु सम्म रोपिएको थियो।वनवासको बेला जयद्रथले द्रौपदीको अपहरण गर्नु,भीमले ऊस्लाई मार्ने प्रतिज्ञा गर्नु यी सबै घटनाहरूले महाभारत युद्धलाई मलजल गरेका थिए। महाभारतकालमा अनेकौ जालझेल, हत्याहींसा,अपहरण, बलात्कार, छलकपट,बदलाभाव आदि घटनाहरूकले महाभारत युद्ध निम्त्याई रहेको थियो।आखिर गृहयुद्ध हुने निश्चित भयो।रणभूमिमा अर्जुनले स्वयं आफ्ना गुरू द्रौणाचार्य,भीष्मपितामह जस्ता अग्रजहरू बिपक्षमा ऊभिएको देखे भने आर्कोतिर आफ्नै सहोदर दाजुभाईहरूको बीचमा हुन लागेको रक्तपातपूर्ण आत्मघाती युद्ध ऊनलाई पटक्कै मन परेन।त्यसैले अर्जुनले श्रीकृष्णसंग युद्ध रोक्नको लागी जोडदार अनुरोध गरे,आग्रह गरे।ऊनीहरूको बीचमा लामो संवाद भयो।श्रीकृष्णले अर्जुन संग युद्धमा जानै पर्ने कारणहरू बारे गरेको लामो संवाद नै श्रीमद भागवत गीताको नामले ऐलेसम्म प्रसिद्ध छ।

 

* हतो वा प्राप्स्यसि स्वर्ग जित्वा वा भोक्ष्यसे महीम्। तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः॥३७॥
*
* श्रृकृष्ण भन्छन हे अर्जुन!”हारे स्वर्ग,जिते राज्यको ऐस्वर्य”तसर्थ अगाडि बढ क्षत्रीय धर्म पालन गर।
* आखिर अर्जुन युद्धको लागी तयार भए र कुरूक्षत्रमा भयानक युद्ध शुरु भयो।रणभूमिमा कौरव पाण्डव दुबै पक्षका अनेकौ बीर बहादुर योद्धाहरू,धनुर्धारीहरू लगाएत संपूर्ण सेना तथा सेनापतिहरू आम्नेसाम्ने भए।भयंकर शंखनादले आकास पाताल थर्कियो।युद्ध शुरू भयो।युद्धमा विश्व चर्चित धनुर्धारी योद्धाहरू जयद्द्रथ, धृष्टधुम्न, अभिमन्यु, घटोत्चक, अस्वस्थामा, बार्बरिक लगाएत अनेकौ बीर वहादुरहरू युद्धमा मारिए भने केही हराए। त्यस युद्धमा सबैका गुरू द्रौणाचार्य,सान्तनु पुत्र भिष्म पितामह,कुन्ती पुत्र कर्ण पनि पाण्डवहरूको बिपक्षमा उभिए र रणभूमि मै सहादत भए।यस्तो दर्दनाक आत्मघाती युद्धको समाप्ति पछि कौरव पाण्डबको बंश नास गर्ने प्रमूख दोषीको खोजी भयो।यस युद्धको मुख्य दोषी श्रीकृष्णलाई नै ठहर गरी गान्धारीले यदुबंशको नास होस भनी श्राप दिईन।लगत्तै एक शिकारीको गोली प्रहार बाट श्रीकृष्णको मृत्यू भयो।भाई बलारामले पनि आत्महत्या गरे।बास्तबमा महाभारत युद्ध सर्बनासी, आत्मघाती युद्धमा परिणत भयो।आखिर युद्धको परिणामबाट विरक्त भएर पाण्डवहरू राजकाज त्यागेर वनबासको सहारा लिन पुगे भने धृतराष्ट्र पनि गान्धारी सहित वनवासको कठोर जीवन रोज्न बाध्य भए।
* नेपालको राजनीति र महाभारतकालको छल नीतिमा खास अन्तर देखिदैन।नेपालको राजनीति पनि महाभारत युद्धकाल जस्तैसर्वनासी,आत्मघाती सावीत हुॅदै गएकोअवस्था छ।खलपात्रहरू ऊस्तै ऊस्तै छन।धृतराषट्र यही छन,दुर्योधन यहां छन,श्रृकृष्ण यही छन,सकुनी यही छन, सत्यवती, द्रौपदी,गान्धारी,सीखण्डी सबै यही छन, भिष्म, कर्ण,व्यास यही छन भने पाण्डवहरू को रोल खेल्नेहरू पनि यही छन ।सत्ताको आडमा देश र जनतालाई लुटेर यी सीखण्डीहरू अकुत धन संपत्ति आर्जन गरेका छन।झट्ट हेर्दा यीनिहरू एकआपसमा लडेका देखिछन भिडेका पनि देखिन्छन तर जबजब ठूल्ठूला भ्रष्टाचार गर्ने अवसर आऊॅछ,त्यो वेला यीनिहरूको मुख एऊटै हुन्छ।यीनिहरू मिलेरै देशका अपार प्राकृतिक स्रोतहरू बिदेशीलाई बुझाएका छन,देश दोहन गरेका छन र बिदेशीको गोटी बनेर देश र जनता प्रति गद्धारी गरिरहे छन।देश लुटेका छन लुटाएका छन।छलकपट, जालझेल, धोकाधडी, हत्या हिंसा,अपहरण,लुट व्रह्मलुट सबै मच्चाएका छन।यी राष्ट्रिय गद्दारहरू छक्का पन्जा गरी गरी एमसीसी पास गराए,राष्ट्रघाती नागरिकता बिधेयक पास गरे,बीआरआईलाई लात हानेर देशले अॅगालेको असंलग्न परराष्ट्र नीतिमा खलल पुर्र्याए।ठूलाठूला भ्रष्टाचारका काण्डहरू मच्चाएर देशलाई हरिकंगाल मात्र गरेनन देशको मान र शानको दोहोलो काणे।यी सबै हर्कतहरूले अव देशमा महाभारत युद्ध जस्तै गृहयुद्ध निम्त्याई रहेछन।साम्राज्यवादीहरूको चक्रव्युहमा परेर देश युक्रेन र गाजापट्टीको हालत हुन सक्ने, आम नरसंहार पछि देशको अस्तित्व समेत नामेट हुन सक्ने गम्भीर संकटमा ऊत्पन्न भएको अवस्था छ।

 

* युद्ध हुनु अगावै आत्मघाती गृहयुद्ध रोक्न अर्जुनले गरेको प्रस्ताव कृष्णले मानेको भए सायदै महाभारत युद्ध रोकिन सक्थ्यो र ठूलो धनजनको क्षती हुनबाट बच्थ्यो।त्यस्तै ओली सरकारको बेला जुन समय देशमा भारतले कडा नाकाबन्दी लगाएको थियो त्यो कठीन घडिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष क.चित्र वहादुर केसी पनि सरकारमा सामेल भै नाकावन्दीको कडा प्रतिवाद गरी नाकाबन्दीलाई असफल पारीयको थियो।त्यो बेला सरकारमा बामपन्थिहरूको झण्डै दुईतिहाई बहुमत थियो तर प्रधानमंत्री भएका केपी ओलीले अधिनायकवादी शैलीसा मनमर्जी गर्न थाले पछि पार्टीमा ठूलो बिबाद ऊत्पन्न भएको बेला राष्ट्रिय जनमोर्चा र नेकपा मसालले कुनै एक पद छोडेर भए पनि पार्टी भित्रको बिबाद मिलाऊन ओलीलाई पटक पटक सल्लाह सुझाव दिएको थियो ।यदि सुझाव नमाने त्यसको दुष्परिणाम देश र जनताले मात्र हैन स्वयं एमाले पार्टीले पनि भोग्नु पर्ने भन्दै मसाल तथा मित्र शक्तिहरूले दिएको सुझावलाई लत्याएर ऊनले ऊल्टै २/२ पटक संसद बिघटन गरी आत्मघाती हर्कत गरे पछि पार्टी फुट्यो,दुई तिहाईको सरकार गिर्यो,राष्ट्िय सभा गयो,प्रदेश सरकार गए,स्थानिय सरकारहरूमा हार खानु पर्यो।सर्वनास भयो।२०७९को निर्बाचनमा १५०सीट सहीत बहुमत ल्याएर बाजागाजा सहित सिंहदरवार छिर्ने ऊद्घोष गरेका ओलीले चुनावमा त्यसको आधासीट पनि ल्याऊन नसकी हार खानु पर्यो।यद्यपि चुनाव जित्न ऊनले अॅाफुले गरेका ठूलाठूला भ्रष्टाचार काण्ड र घोटालाबाट जम्मा गरेको अकुत रूपियॅा फिटेर साम दाम दण्ड भेद सबै हतकण्डा प्रयोग गरे पनि काम लागेन,चुनावमा हार व्यहोर्नु पर्यो।अझै पनि नचेतेर यी कंशहरू, दुर्योधनहरू,यी सकुनीहरू (कॅग्रेस, एमाले , माओवादी) भाईमाराहरू महाभारत युद्धमा जस्तै सर्वनासको पथमा दौडि रहेछन र देशलाई भष्म खरानी पारेर खरानीको टीका लगाऊने तर्खरमा छन।खबर्दार शाषकहरू! तिमीहरूलाई जनताले अब देशको ब्रह्मलुट गर्न दिने छैनन, देशलाई महाभारत हुन बाट बचाऊने छन।अब हुने महॅा आन्दोलनको ठूलो ॲाधिबेहरीले तिमीहरूलाई बढारेर देशबाट लखेट्ने छन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation