भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता येचुरीको निधन

भारतका चर्चित कम्युनिस्ट नेता सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता येचुरीको बिहीवार निधन भएको हो ।

श्वासप्रश्वासप्रणालीमा संक्रमण भएपछि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहेका उनको केहीदिनया स्वास्थ्य अवस्था गम्भीर थियो ।

चेन्नईमा जन्मिएका येचुरी सन् २०१५ देखि भाकपा (माक्र्सवादी)का महासचिव थिए । उनी आपतकाल र राज्यसभाको कार्यकालमा देखाएको सक्रियताका कारण जनतामाँझ चिनिन्थे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation