भेनेजुएलामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशंका

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ। केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएको बताइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प गएको करिब ४० सेकेन्डभित्र दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु काराकासको पश्चिमी क्षेत्रमा रहेको जनाइएको छ।
भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य सुरु गरिएको छ। तर, सञ्चार तथा यातायातमा समस्या देखिएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पबाट मानवीय तथा भौतिक क्षति ठूलो हुन सक्ने आशंका गरिएको छ। स्थानीय प्रशासनले नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation