लिल बहादुर केसी
नेपालमा थापाहरुको गर्विलो इतिहास छ। नेपालका पहिलो प्रधानमंत्री भिमसेन थापा हुन्। माथवर सिंह थापा, कर्नेल उजीर सिंह थापा, लखन थापा देखि लिएर सूर्य बहादुर थापा र कैंयन थापाहरुको इतिहास नपढ्नेले नेपाली इतिहास वुझेको हुंदैन । सामाजिक, सांस्कृतिक, धार्मिक र जातीय वर्गिकरणमा भने एक थरी मगर थापा र अर्को थरी क्षेत्री थापाहरु छन्। यो लेखमा भने क्षेत्री थापाहरुको वारेमा मैले वुझेका केहि कुरा राख्दैछु।
क्षेत्री थापाहरु पनि विभिन्न प्रकारका छन्। क्षेत्री थापाका प्रकार मध्ये बगाले थापा, गोदार थापा, मुगाली थापा, सुयल (थापा), पुँवर थापा, लामिछाने थापा, गाम्ले थापा, सोनाल थापा, कालिकोटे थापा आदि हुन सक्छन्। मैले माथी उल्लेख गरेका नेपाली इतिहासमा आफ्नो नाम दर्ज गरेका थापाहरु कुन कुन प्रकारका थापा हुन् म अनविज्ञ छु।
२०५५ सालतिरको कुरा हो वुटवलमा एउटा रोचक घटना घट्यो। हालको लुम्विनी प्रादेशिक अस्पत्ताल ( त्यो समयको लुम्विनी अन्चल अस्पत्ताल) मा एक जना अर्थोपेडिक कन्सल्टेन्ट डाक्टर थिए। उनी मैले माथी उल्लेख गरेका जन कवि केशरी स्वर्गीय धर्मराज थापाका सुपुत्र डा वुलन्द थापा थिए। एक दिन अर्घाखांचीबाट वुटवल आउने जीप कपिलवस्तुको पत्थरकोटमा एक्सिडेन्ट भयो। उक्त जीपमा सवार एक जना यात्रुको दायां खुट्टा भांचियो । उक्त विरामीलाई वुटवल ल्याई डा वुलन्द थापा कहां देखाइयो। डा थापाले विरामीको खुट्टा अपरेशन गरी प्लास्टर गरे। एनास्थेसिक औषधी प्रयोग गरी अपरेसन गर्दा विरामी त वेहोस भए, अरु विरामीको आफन्तहरु ओटीमा जान पाउने कुरै भएन । जव विरामी होसमा आएं तव उनले थाहा पाएं कि दाहिने खुट्टाको अपरेसन गरी प्लास्टर लगाउनु पर्नेमा देब्रे खुट्टाको अपरेसन भएछ। डाक्टर क्वार्टर तिर गए, भोली पल्ट विरामीको दायां खुट्टा सुन्निनुको साथै दुखेर खटीसक्नु भएन। उता सग्लो खुट्टा प्लास्टर गरेर ठाडो पारी झुण्डाएकोले विरामीलाई अत्यन्त पिडा भयो। उक्त समाचार एक कान दुई कान मैदान भयो। अस्पताल लाइनमा चिकित्सक र औषधी व्यवसायी ख़ास खुस गर्न थाले । पत्रकारहरुले पनि थाहा पाएछन् । यती सम्मको चिकित्सकको लापरवाही सबैकोलागि असह्य भयो। विरामीका आफन्तहरु जम्मा भई डा थापालाई बोलाई पत्रकार सम्मेलन गरे। उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुले डा वुलन्दलाई एउटा प्रश्न तेर्साए।
पत्रकार: डा साहव तपाईंले देब्रे खुट्टाको अपरेशन गर्नु पर्नेमा दाहिने खुट्टाको अपरेशन किन गर्नु भएको ?
डा वुलन्द: हेर्नुस, न्युरोलोजी र अर्थोको कतिपय भागहरुको एक अर्कोमा गहिरो सम्वन्ध हुन्छ । डायग्नोसिस गर्दा दाहिने खुट्टा भांचिए पनि देब्रे खुट्टाको अपरेसन गर्दा फरक पर्दैन। दुई खुट्टाका नसा र हाडको गहिरो सम्वन्ध हुने हुंदा मैले देब्रे खुट्टाको अपरेसन गरेको हुं। सबै ट्वां ! त्यो वेला उनको विकल्पमा अन्य अर्थोपेडिक डाक्टर थिएनन्।
अहिलेका अर्का जल्दावल्दा थापा सांसद सूर्य थापा हुन्। उनी पत्रकार पनि हुन। यो भन्दा अंघील्लो संसदका चर्चित काभ्रेली सांसद थिए भने यो संसदमा सकारात्मक वा नकारात्मक हिसावले चर्चित सांसद सूर्य थापा पनि हुन्। सांसद रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेको एजेण्डामा संसदले सूर्य थापाको संयोजकत्वमा संसदीय छानविन समिति बनायो। सूर्य थापाको नेतृत्वको छानविन टोलीले अहो रात्र खटेर प्रतिवेदन तयार पारी सरकारलाई वुझायो। उक्त प्रतिवेदनको अध्ययन हामीले गर्ने अवसर त पाउंदैनौ तर मेडीयामा आएका कुराहरुलाई केलाएर हेर्दा डा बुलन्द थापाको डायग्नोसिस र सांसद थापाको डायग्नोसिसमा मैले कुनै अन्तर देखिन। मेरो भनाईको मतलव के हो भने उनको टि ओ आरले रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको हो होइन भनी छानविन गर्न भनेको थियो तर उनले छानविन गोरखा मिडीया प्रा लि ले रकम हिनामिना गरेको प्रतिवेदन वुझाईदिए। उनको यो प्रतिवेदन र डा वुलन्दको पत्रकारहरुको जिज्ञासाको जवाफ मलाई उस्तै उस्तै लाग्छ। दाहिने खुट्टाको अपरेसन देब्रे खुट्टामा गर्नु र सहकारीको रकम अपचलन वारे छानविन गर्नु पर्नेमा गोरखा मिडीया प्रा लि को लेखा परीक्षण प्रतिवेदन छानविन गर्नु उस्तै उस्तै होइन र ?
अव फरक फरक मानिसका फरक फरक वुझाई बारे केहि समय खर्च गरौं। एक पटक कुनै विद्यालयमा विज्ञान पढाउने गुरुले विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाकोलागि ल्यावमा लगेछन्। विज्ञानको सरले दुइवटा विकर झिकेछन्। संपूर्ण विद्यार्थीहरुको सामु उनले एउटा विकरमा रक्सि राखेछन्। त्यसै गरी अर्को विकरमा उनले शुद्ध पानी राखेछन्। त्यसपछि उनले दुइवटा जिउंदा झिंगा दुई वटा विकरमा राखी एकछिन विद्यार्थीलाई अवलोकन गर्न पठाएछन्। त्यसको केहि समय पछी ती शिक्षकले दुइवटै विकरबाट चम्चाले झिंगा बाहिर झिकेछन्। पानीमा राखेको झिंगा एकैछिनमा भुर्र उडेर गएछ तर रक्सिमा राखेको झिंगा उड्न नसकी मरेछ । प्रयोगशालामा गरिएको यो परीक्षण बारे शिक्षकले विद्यार्थीहरुको सिकाई प्रत्यक्षिकरण वुझ्न “राम” भन्ने विद्यार्थीलाई सोधेछन् ।
शिक्षक: आजको यो प्रयोगात्मक कक्षाबाट तिमीले के सिक्यौ?
राम: सर रक्सी खान नहुने चीज रहेछ । यसले जीव जन्तु तथा कुरा फट्यांग्राहरुको प्राण लिंदो रहेछ।
शिक्षकले फेरी “श्याम” भन्ने विद्यार्थीलाई ईंकित गर्दै त्यहि प्रश्न सोधेछन्।
श्याम: सर रक्सी खानु पर्ने चीज रहेछ। हाम्रो शरिर र पेटभित्र कैंयन किराहरु हुन्छन्। रक्सि खायो भने ती किराहरु मर्न सक्छन्।
यसरी एउटै प्रयोगात्मक कक्षाको एउटै परीक्षणबारे फरक फरक विद्यार्थीको फरक फरक वुझाइरह्यो।
सूर्य थापाको प्रतिवेदन बारे पनि नेपालका वकिल, पत्रकार , सांसद र जनताको वुझाई पनि मैले माथी भनेको विज्ञान शिक्षकले गरेको प्रयोगात्मक कक्षा भन्दा फरक रहेन। कसैले रवि लामिछानेले क्लिन चिट पाएको वुझे भने कसैले रवि लामिछानेलाई अव हत्कडी लाग्छ भनी वुझे। तसर्थ वुझाई अत्यन्त जटिल कुरा रहेछ। वुझ्न त हाम्रा कुनै इतिहासकारहरु मध्ये कसैले भिमसेन थापाको मृत्यूलाई क्रुर हत्या भनी वुझेका छन् भने कसैले त्यो घटनालाई ग्लानीले आत्महत्या गरेको भनी वुझेका छन् खै के खै के ?











